फागुन १७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । टुँडिखेलमा पुगेर राष्ट्रपति भण्डारीले अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।
ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो । सातै जनाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ ।