• २०८२ जेष्ठ ७ गते मङ्गलवार

७२ अर्ब राजस्व नतिर्ने एनसेलविरुद्ध युवा र विद्यार्थीद्वारा दाङमा विरोध प्रर्दशन

पढ्न लाग्ने समय : २ मिनेट

माघ १७, दाङ । ७२ अर्ब राजस्व नतिर्ने एनसेल कम्पनीको विरुद्ध युवा संगठन नेपाल, दाङ र अखिल (क्रान्तिकारी) दाङले दाङको घोराहीमा बिहिबार विरोध प्रर्दशन गरेका छन् ।

एकिकृत जनक्रान्ति जिन्दावाद, भ्रष्टाचार विरुद्धको हाम्रो अभियान भन्ने नारासहित युवा र विद्यार्थीहरु घोराही शहिद चोकबाट जुलुससहित तुलसीपुर चोकमा सभा गरेका छन् ।

सभालाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य तिलक योगीले दलाल नेताहरुको मिलिमतोमा एनसेलले ७२ अर्ब कर नतिरेको भन्दै तुरुन्त कर तिर्न माग गर्नुभयो ।

एक डेढ वर्ष पहिलेदेखि राज्यलाई तुरुन्त कर तिर भन्दै कारबाही गरेको र झक्झक्याउदै आएको भन्दै अर्बौ अर्ब कर तुरुन्त एनसेलले कर तिरेन भने फेरि नेपाल कम्युनिष्ट पार्टीले अर्कौ संघर्ष गर्ने घोषणा गर्नुभयो ।

दलाल पुँजीवाद र राष्ट्रघातीका विरुद्ध र वैज्ञानिक समाजवादका स्थापनाका लागि निरन्तर संघर्ष गर्दै आइरहेको र राष्ट्रवादी सबैमा सडकमा उत्रिन आह्वान गर्नुभयो ।

[banner id=”486″]

सुरक्षा कर्मीहरुलाई दलाल नेताहरुको निर्देशनमा चल्नुहुन्छ कि जनताको पक्षमा उभिनु हुन्छ प्रश्न गर्दै जनताको लागि वैज्ञानिक समाजवादको पक्षमा फैसला गर्ने बेला आएको उल्लेख गर्नुभयो ।

कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) दाङकी अध्यक्ष प्रितिमा चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस