बलात्कारको अभियोगमा हेल्थ पोष्ट इञ्चार्ज पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर २२ , रौतहट । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहट का एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

शनिवार चितवनको भरतपुर बस्ने एक ३२ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगको रौतहटको यमुनामाई गाउँपालिकामा पर्ने सरुअठा हेल्थ पोष्टका इञ्चार्ज सुधिर कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिवार स्वास्थ्यकर्मी सुधिर कुमार सिंह र गोरखा गौर चल्ने बसका सहचालक अविनाश कार्कीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस