ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदा नवजात शिशु सहित दुई जना को मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

मंसिर २२, बाँके । बाँकेमा एम्बुलेन्स र ट्रक ठोक्किदा १४ दिने शिशुसहित दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक बाँकेका अनुसार नेपालगञ्जबाट दाङ जाँदै गरेको रा १ ज १६१ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक शनिबार पुर्व पश्चिम राजमार्गको जिरो प्वाईन्ट नजिक ठोक्किदा नाबालकसहित दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङ दंगीशरण गाउँपालिका वडा नं. ५ खलुवाचिस निवासी तिलकराम खड्काका १४ दिनका छोरा र एम्बुलेन्स चालक सल्यान छत्रेश्वरी गाउँपालिका– १ निबासी चित्रबहादुर सुनार रहेका छन् । दुर्घटनामा परेर मृतक शिशुका वुवा तिलकराम र आमा मालति खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी शिव सिंहले बताए । दुवै जनाको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । दुर्घटना हुँदा अन्य तीन जना गम्भीर घाईते भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

तिलकराम उपचार पश्चात डिस्चार्ज भइसकेका छन् भने गम्भिर घाइते भएकी मालतीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । तीन दिन अघि बच्चाको उपचार गर्न गएको खड्का परिवार शनिबार एम्बुलेन्समा दाङ फर्किदै गर्दा दुर्घटनामा परेको हो । एम्बुलेन्स छत्रेश्वरी गाउँपालिकाको रहेको बाँके प्रहरी प्रबक्ता डिएसपी सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस