बलात्कार र हत्याका चार आरोपी प्रहरी इन्काउन्टरमा मारिए

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २० एजेन्सी । भारतको तेलंगानामा डाक्टरको बलात्कार र हत्यामा संलग्न चार आरोपी पुलिस इन्काउन्टरमा मारिएका छन् ।

 

पुलिसका अनुसार उनीहरुलाई त्यही अन्डरब्रिजमा पुर्याइएको थियो जहाँ आरोपीले डाक्टरलाई पेट्रोल हालेर जलाएका थिए ।

भारतीय संचार माध्यम भास्करका अनुसार त्यहाँ उनीहरुलाई त्यस दिन घटना कसरी गराइएको थियो भनेर सोधपुछ गरिएको थियो । त्यही क्रममा उनीहरु भाग्न थाले । त्यसपछि पुलिसले गोली चलाउनु पर्यो जसका कारण चारैजनाको मृत्यु भएको छ ।

पक्राउ हुनेमा मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु थिए । आरिफको उमेर २६ वर्ष थियो भने अन्य आरोपी २० वर्षका थिए । यी सबै ट्रक चालक र सरसफाइकर्मी थिए । उनीहरुले रक्सी पिएपछि सात घण्टासम्म डाक्टरमाथि बलात्कार गरेको बताइन्छ ।

त्यसपछि पीडितलाई शादनगरको बाहिर इलाकामा जलाइएको थियो । चारैजना आरोपीलाई अदालतले १४ दिनका लागि  पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस