मन्त्री ज्ञवालीले भने जापान सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको छ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २० काठमाडौँ ।  परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालमा भएका प्रकृतिक प्रकोप पछि जापान सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको बताएका छन् ।

आज काठमाडौँमा जाइकाले गरेको अन्तर्राष्ट्रिय सेमिनारलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपालको विकास साझेदारको रुपमा जाइकाले २०७२ सालको भूकम्पपछिको पुनः निर्माणमा गरेको सहयोग महत्वपूर्ण भएको बताएका छन् ।

‘दक्षिण एसियामा प्राकृतिक प्रकोपः हस्तक्षेप, राम्रो अभ्यास र चुनौतिहरु’ विषयमा अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै उनले नेपाल उच्च भूकम्पीय जोखिम भएको मुलुक भएकाले पनि जापानको सहयोग प्रकृतिक प्रकोप व्यवस्थापनमा महत्वपूर्ण हुने बताए ।

उनले नेपालले भ्रमण वर्ष २०२० को अवसरमा सगरमाथा संवाद गर्न लागेको समेत जानकारी गराउदै उनले जाइकालाई नेपालको पुनःनिर्माण, स्वास्थ्य, शिक्षा, पुर्वाधार निर्माण लगायतका क्षेत्रमा गरेको सहयोगलाई निरन्तरता दिन समेत आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जापान सरकार, जाइका तथा अन्य अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको कारण नेपालले पुनःनिर्माणको कामलाई गति दिन सकेको बताए ।

प्रतिक्रिया दिनुहोस