सुडानमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 १९ मंसिर ,काठमाडौं   । सुडानमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ ।

राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन् । कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय रहेको खुल्न आएको छ ।

भारतीय विदेशमन्त्री एस.जय शंकरले एक ट्वीट गर्दै घटनामा भारतीय केही नागरिक मारिएको खबर प्राप्त भएको उल्लेख गरेका छन् । कारखानामा ६० जना भारतीय श्रमिक कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस