विराटनगरबाटघुस रकम सहित १ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, मोरङ । सि.आर.भि. केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल घुस रकमसहित अख्तियारको नियन्त्रणमा परेका छन ।

सि.आर.भि. केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालले सेवाग्राहीलाई अनावश्यक दु:ख हैरानी दिई बिभिन्न खाद्य सामग्रीहरु ओसारपोसारमा सहजिकरण गरिदिने प्रयोजनको लागि घुस माग गरेका हुन । घुस रकम माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु. ७,०००।– (सात हजार) घुस लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका वडा नं. ६ घाँसचोकबाट घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस