झापामा आगलागी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, झापा । झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ । यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र सिलिङ चेम्बरमा रु ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

स्थानीय होमप्रसाद घिमिरे सञ्चालन गर्नुभएको सो उद्योगमा बिहान आगलागी भएको थियो । आगलागी भएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनी, प्रदेश नं १ विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस