नायिका ऋचा शर्माले आफ्नो बिहेको साइत सार्वजनिक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७ ,काठमाडौँ  । नायिका ऋचा शर्माले आफ्नो बिहेको साइत सार्वजनिक गरेकी छिन् ।

उनले आफ्नो सामाजिक संजालको माध्यमबाट डिसेम्बर ७ अर्थात मंसिर २१ गते बिहे गर्न लागेको उल्लेख गरेकी छिन् । ऋचाले आफूहरुलाई प्रेम दर्शाउने सबैलाई धन्यवाद समेत दिएकी छिन् । ऋचा केही समयदेखि दिपेश विक्रम राणाको प्रेम सम्बन्धमा छिन् ।

ऋचाले बिहेको मिति सार्वजनिक गरेपनि प्रेमीको नाम भने उल्लेख गरेकी छैनन । दिपेश ललितपुरको लाबिम मलका म्यानेजर समेत हुन् ।

प्रतिक्रिया दिनुहोस