टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७ ,मोरङ  । उर्लाबारी नगरपालिका–५ झुम्राहामा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

आज ना ८ ख ७०५३ नम्बरको टिपरले आज बिहान साढे ८ बजे पैदलयात्री स्थानीय जोगिन्दर मण्डलकी ४ वर्षीया छोरी राधिका कुमारीको  घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठककर दिने टिपर र चालकलाई इलाका प्रहरी उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस