पोखरामा ढिस्कोले पुरिएर तीन जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५  पोखरा  । पोखरामा ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।

पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा खसेको ढिस्कोले ५ जना पुरिएकोमा ३ को मृत्यु भएको र २ जना घाइते भएको वडाध्यक्ष सीम गुरुङले जानकारी दिएका हुन ।

उनका अनुसार रिटेरिङ वाल लगाउने क्रममा आएको सुख्खा पहिरोले पुरिएर ज्यान गुमाउने र घाइतेको नाम खुलेको छैन । प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस