माडी गाउँपालिका वडा ५ द्वारा २३७ जना छात्राहरुलाई सेनेटरी प्याड बितरण

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५,रोल्पा । माडी गा पा ५ भावाङको वडा कार्यालयद्वारा कक्षा ७ देखि १० मा अध्ययनरत छात्राहरुका लागि सेनेटरी प्याड बितरण गरिएको छ ।

वडा कार्यालयले बागेश्वरी माद्यामिक बिद्यालयका १३२ छात्रा र बागेश्वरी आधारभुत बिद्यालयका १०५ छात्रा गरी २३७ जना ७ कक्षदेखि १० कक्षामा अध्ययनरत छात्राहरुका लागि बिहिबार एक कार्यक्रमका बिच बितरण गरिएको जनाएको छ । बागेश्वरी माद्यामिक बिद्यालयका अध्यक्ष तेजेन्द्र बुढामगरको अध्यक्षता एवम् वडा अध्यक्ष भरत बहादुर बुढामगरको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कक्षा समयमा महिनाबारी हुँदा छात्राहरुलाइ सहज होस र पढाइ मा कुनै समस्य र असहज नहोस भनि प्याड बितरण गरिएको ५ न वडा अध्यक्ष भरतले बताउनु भयो । बिद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस