नेपाल प्रहरीका इन्स्पेक्टर रामकिशोर साह घुसमा लिएको रकम सहित जनकपुरबाट पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर १४ ,जनकपुर । नेपाल प्रहरीका इन्स्पेक्टर रामकिशोर साह घुसमा लिएको रकम सहित जनकपुरबाट पक्राउ परेका छन् ।

जनकपुरमा जारी रामजानकी विवाह महोत्सवको सुरक्षामा खटाइएका नेपाल प्रहरीका इन्स्पेक्टर रामकिशोर साहलाई रामानन्द चोकस्थित होटल सीता प्यालेसमा सर्लाहीकै सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास इकाई कार्यालयबाट खटेको टोलीले सर्लाही प्रहरी कार्यालयमा रहेको ठगी सम्बन्धी मुद्दा मिलाइदिने प्रलोभन दिई ९० हजार रुपैयाँ घुस लिने इन्स्पेक्टर साहलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस