१५ वर्षीय बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १४ ,गुलरिया  । १५ वर्षीय बहिनी बलात्कार गरेको आरोपमा २५ वर्षीय दाजु पक्राउ परेका छन ।

असोज महिनामा साथीको घरमा सुतेको अवस्थामा दाजुले राती ११ बजे ढोका खोल्न लगाई एकछिन काम छ भन्दै ट्वाईलेट पछाडी लगि जबरजस्ती करणी गरी कसैलाई भनेमा मार्छु भन्ने ध समेत दिएको पीडितले प्रहरी समक्ष बयान दिएपछि  जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले युवकलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ ।

करिब साढे एक महिना अगाडी १५ वर्षीय बहिनी बलात्कार गरेको आरोपमा २५ वर्षीय दाजु पक्राउ परेका छन । हाडनाता भित्र कै बहिनीलाई त्यस्तो अपराध गरेपछि उनलाई ज्यान मार्ने धम्कि दिएको हुनाले घटना गुपचुप रहेको थियो । केहि समय गुपचुप राखे पनि अन्तत किशोरीले आफ्नो फुपुलाई घटना सुनाएपछी घटना बाहिरिएको थियो । फुपूले नै बलात्कारीविरुद्द जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस