प्रहरी निरीक्षक ९०,००० घुस सहित रङ्गेहात पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, सर्लाही । जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साह घुस रकम सहित अपख्तयारको नियन्त्रणमा परेका छन ।

जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साहले जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धी उजुरी परेको र सो मिलाई दिने भनी सेवाग्राहीसँग घुस माग गरेका हुन । घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले प्रहरी निरीक्षक रामकिशोर साहलाई घुसवापतको रू।९०,००० रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उक्त रकम सहित धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं। ८ स्थित होटल सीता प्यालेसबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस