बर्दियामा झारफुकको नाममा जबरजस्ति करणी गर्न खोज्ने झाँक्रि प्रहरीको नियन्त्रणमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा (क्राईमबिट)

मंसिर १३, बर्दिया । बर्दियामा झारफुकको नाममा जबरजस्ति करणी गर्न खोज्ने झाँक्रिलाई प्रहरी नियन्त्रणमा लिएको छ । बर्दियामा गए राती २ बजेको समयमा जिल्ला बर्दिया गुलरीया नगरपालीका वडा नं.८ आशापुर स्थित बुढा खोलामा बस्ने ५१ बर्षका जगतनाथ लोधले पेट दुख्ने बिरामी भएकी आफ्नै छिमेकि महिलालाई झारफुक गर्ने बहानामा जबरजस्ती गर्न खोजेका हुन ।

उनले गाँउकै बुढिया खोलामा लगी तिम्रो श्रीमान यता आउन मिल्दैन भनि पिडितको श्रीमानलाई करीब आधा किलोमिटरको दुरीमा राखी पिडितलाई मात्र लगी केहीबेर झारफुक गरे जस्तो गरि केही बेर पछी उनले आफ्नो लुगा समेत खोली जबरजस्ति करणी गर्ने प्रयास गर्न थालेपछि पिडीत झाकृको पन्जाबाट फुत्केर भागी आफु बलात्कृत हुन बाट बचि तत्काल प्रहरीलाई खबर गरेकी थिइन । खबर पश्चात जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डको प्रहरी टोलिले पिडक झाक्री जगतनाथ लोधलाई पक्राउ गरी आबश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस