दैलेखमा माइक्रो बस हाइस दुर्घटना हुँदा ३ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३ दैलेख ।  दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै माइक्रो बस हाइस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।

सुर्खेतबाट दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार ७ जना घाइते भएका छन्।

घाइतेको उद्वार भइरहेको दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकारी दिए । प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको टोली घटनास्थलतर्फ गइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी ओलीले बताए।

प्रतिक्रिया दिनुहोस