कालापानी जाँदै अध्यक्ष दाहाल सहितको टोली

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३ , काठमाडौँ  । । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीको स्थलगत अनुगमनका लागि जाने भएको छ।

टोलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड पनि जानसक्ने बताइएको छ । कालापानीसम्म पुग्नका लागि चाहिने हेलिकोप्टर, वासस्थान, खानपान लगायतको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको समितिका सदस्य एवं सत्तारुढ नेकपाका नेता कृष्णगोपाल श्रेष्ठलेले बताए ।

भारतले कात्तिक १७ गते सार्वजनिक नक्सामा नेपालको लिम्पयाधुरा, लिपुलेक र कालापानीसमेत आफ्नो सीमाभित्र राखेपछि सतहमा आएको सीमा विवादबारे अध्ययन गर्न राज्य व्यवस्था समिति अतिक्रमित क्षेत्रमै पुग्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस