‘छाउपडी प्रथा’ बजारमा भाेलि आउने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ७ ,काठमाडौ । खबर24नेपाल मिडियाको प्रस्तुति KRP Entertainment का लाागी   मनोज गजुरेलको ‘छाउपडी प्रथा’ बजारमा भाेलिआउने भएको छ ।

बिगत सालदेखि सत्य घटना आधारित कथा लेख्दै आउनुभएको गजुरेलले यसपाली दर्शकलाई रुवाउने र समाजमा भएका सम-सामाजिक बिषयको बारेमा कथा तयार पर्नु भएको छ । यसै क्रममा छाउपडी प्रथा पनि अहिले नेपालको धेरै ठाउहरुमा मान्दै आएका छन् । यस्ता कुरीति समाजबाट हटाउनु पर्छ भन्दै मनोजले ड्रकुमेन्टी तयार पारेका छन् । प्रत्येक शुक्रबार साझ 7;30 मा पुन प्रशारण हुने भएकाे छ ।

छाउपडी प्रथा विस्तारै शहरी क्षेत्रमा कम हुँदै गए पनि ग्रामीण क्षेत्रमा यसले अझै जरा गाडेको अबस्था छ । “समाजमा सकारात्मक सोचको विकास गर्न सके यस प्रथालाई हटाउन बल पुग्नेछ ।” छाउपडीका कारण दोश्रो दर्जाका रुपमा बाच्न विवश महिलालाई न्याय दिनका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए । जनचेतनासँगै छाउकुडी भत्काउने कार्यलाई सँगसँगै लैजाने कार्यक्रम ल्याउने तय गरिएको उनले बताए ।

छाउपडी, मासिकश्राव र सुत्केरीका समयमा गरिने विभेदजन्य व्यवहारलाई छाउपडी प्रथा कानुनीरूपमा अपराधका रूपमा परिभाषित गरी कैद र जरिवाना हुने ऐन प्रस्ताव गरिए पनि जारी भने भएको छैन् ।

मुलुकी ऐन प्रतिस्थापनका लागि बनाइएको ऐनमा कसैले छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद, तीन हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।

घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ ले पनि कुनै पनि व्यक्तिलाई घरेलु सम्बन्ध भएका कुनै पनि व्यक्तिले शारीरिक, मानसिक, आर्थिक र यौनजन्य हिसा गर्न पाइने छैन भन्ने कानूनी व्यवस्था गरेपनि त्यसअन्र्तगत हालसम्म कारवाही भने कसैलाई पनि हुन सकेको छैन् ।

छाउपडी प्रथा उन्मूलन निर्देशिका २०६४ को उद्देश्यमै छाउपडी कुप्रथा उन्मुलन गरी समतामूलक समाज निर्माण स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । अबको केहि हप्तामा गजुरेलले समाजको छाउपडी हटाउन पर्छ भन्दै केही मिनेटको भिडियो बजारमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस