अर्घाखाँची बस दुर्घटना अपडेट : मृतक १९ जनाकै सनाखत

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर १२, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । मृतक १९ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० जना घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतहरुको बुटवल, भैरहवा, ललितपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस