विराज भट्ट र निकिता चण्डकको ‘चरीले काफल टिप्यो’ बोलको गीत सार्वजनिक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, काठमाडौं ।  माघ २४ देखि प्रदर्शनमा आउने फिल्म ‘साङ्लो’ मा समावेश गीत ‘चरीले काफल टिप्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीत युट्युबमार्फत बिहीवार सार्वजनिक गरिएको हो ।

लोकशैलीको गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत छ । यस्तै गीतमा शिवाकोटी र मिलन नेवारको स्वर सुन्न सकिन्छ । गीतको एरेन्ज राजन इशानले गरेका हुन् ।

भिडियोमा भने विराज भट्ट र निकिता चण्डकको अभिनय देख्न सकिन्छ । गीतमा कोरसका साथ विराज र निकिताले कम्मर मर्काएका छन् । यो फिल्म निकिताको डेब्यु फिल्म हो ।

‘साङ्लो’ मा शिवम् अधिकारीको कथा रहेको छ भने मानकृष्ण महर्जनले फिल्म छायांकन गरेका हुन् । यस्तै फिल्ममा विराज र निकिताको अलावा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी, लय सङ्ग्रौला लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस