गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ५ का वडासचिव २५ हजार रुपैयाँ घुससहित पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२ , काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ५ का वडासचिव (खरिदार) २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

घरजग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि भनेर लिएको २५ हजार घुससहित वडासचिव दिनेश बास्कोटा पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले वडासचिव बास्कोटालाई घुससहित पक्राउ गरेको हो ।

बास्कोटालाई घुस रकम लिइसकेको अवस्थामा गोकर्णेश्वर नगरपालिका–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका बास्कोटामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस