कांग्रेसका सभापति देउवाले अर्घाखाँचीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरे

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, १२ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार अर्घाखाँचीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले बिहीबार एक वक्तव्य जारी गर्दै मृतकलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, परिवारजनामा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनको वक्तव्यमा भनिएको छ, ‘दुर्घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको जतिसक्दो चाडै सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गर्दछु । सडक दुर्घटना निर्मुल गर्न जतिसक्दो चाडो विशेष अभियान अघि बढाउन पनि म सरकारलाई अनुरोध गर्दछु,’ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६, नरपानीमा बुधबार बस दुर्घटना हुदा हालसम्म १९ जनको मृत्य भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस