नायक गडफ्रेको सुटिङको क्रममा सेटबाट लडेर मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, १२ एजेन्सी । ताइवानमा जन्मिएका नायक एवं मोडल गडफ्रे गाओको एक टिभी शोको सुटिङ गरिरहेका बेला उनी अचानक लडेर बिहिबार चीनमा मृत्यु भएको छ ।

चिनियाँ मिडियाका अनुसार ३५ वर्षका गडफ्रे गाओ चीनमा एक रियालिटी टिभी शो ‘चेज मी’ को सुटिङ गगरिरहेका थिए ।  तर अचानक उनी सोको सेटबाट लडे । लडेपश्चात् उनलाई तत्काल अस्पताल पुर्याइएको थियो ।

अस्पतालले उनको मृत्यु कार्डियक अरेष्टका कारण भएको बताएको छ । उनको शवलाई बिहिबार ताइवानमा लैजाइने जानकारीमा उल्लेख छ । कार्यक्रममा निर्माताले टिभी इभेन्टको कार्यक्रममा उनी लडेकाकारण उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस