उपत्यकामा आज पनि तापक्रम घट्यो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, १२ काठमाडौँ । आज पनि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा चिसो बढेको छ ।

आज उपत्यकामा हिजो (बुधबार) कोभन्दा झण्डै एक डिग्री सेल्सियस तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको आज बिहानको तापक्रम ७ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको असरले मौसम पूर्ण रुपमा नखुल्दा देशका धेरै ठाउँको न्यूनतम तापक्रम घटेको हो । पश्चिमी वायुको प्रभावले बिहीबार दिउँसो मध्य र पूर्वको पहाडीसहित पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस