मन्त्री भट्टराईले निर्माणाधीन परियोजनाबारे सोधे १५ प्रश्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, ११ काठमाडौँ । पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो मन्त्रालय मातहत भएका विभाग तथा कार्यालयहरुलाई निर्माणाधीन परियोजनाबारे १५ प्रश्न सोधेका छन् ।

 

मन्त्री भट्टराईले ठेक्का सम्झौता मिति, कबोल रकम, काम सक्नुपर्ने मिति, अहिलेस्म्म भएको काम म्याद थप भएको समयदेखि हालको अवस्था जस्ता विषयको बारेमा प्रश्नमा समेटिएका जनाइएको छ ।

मन्त्रालय स्रोतका अनुसार पाँच दिनभित्र जवाफ पठाउन भनिएको र त्यसका आधारमा कतिपयको ठेक्का रद्द पनि हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस