कांग्रेसका पूर्वसभापति खतिवडाको निधन

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर , ११ काठमाडौँ  । नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति तथा महासमिति सदस्य रंगराज खतिवडाको हृदयघातका कारण निधन भएको छ ।

काठमाडौँबाट सिन्धुलीतर्फ जादै गरेका खतिवडालाई बाटोमा हृदयघात भएपछि भक्तपुरस्थित नागरिक अस्पतालमा उपचारका लागि लगिए पनि अस्पतालले खतिवडालाई मृत घोषणा गरेको नेपाली कांग्रेस सिन्धुलीका नेता माणिक ढकालले बताए ।

खतिवडा पञ्‍चायत तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा नेताका रुपमा परिचित छन् । खतिवडा २०५१ सालदेखि २०५३ सम्म र २०६१ देखि २०६६ सम्म गरी दुईपटक नेपाली कांग्रेस सिन्धुलीको सभापति भएका थिए ।

खतिवडाको पार्थीव शरीरलाई बुधबार पार्टी कार्यालय धुरामा श्रद्धान्र्जलीका लागि राखिएको थियो भने उनको आझै अन्त्येष्ठी गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस