दर्जनौं नेकपामा प्रवेश कांग्रेसवाट निर्वाचित वडा अध्यक्ष सहित

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर, ११ बैतडी । स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसवाट निर्वाचित बैतडीका एक वडा अध्यक्ष सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  नेकपा मा प्रवेश गरेका छन् ।

डिलाशैनी गाउँपालिका ७ का वडा अध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गर्नुभएको हो । पुर्चौडी नगरपालिका ४ भटनामा आयोजित चुनावी सभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जनाले नेकपामा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम सहसंयोजक एवं पूर्वमन्त्री भानुभक्त जोशीलगायतका नेताले स्वागत गर्नुभयो । उक्त चुनावी सभालाई सम्बोधन गर्दै सहसंयोजक एवं पूर्वमन्त्री जोशीले बैतडीको पुर्चौडी क्षेत्रमा एक वर्षभित्रै विद्युतीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, ‘‘पुर्चौडी क्षेत्रमा अस्पताल स्थापनाका लागि पनि सरकारले पहल गर्नेछौं ।

सरकारले अहिले सुखी नेपाली समृद्ध नेपालको नारा लिएर अगाडि बढीरहेको छ, विकासका आधारभूत कुरामा नागरिकको पहुँच पुर्याउन सरकारले पुर्याउछ ।

प्रतिक्रिया दिनुहोस