एक वृद्धा नदीले बगाएर बेपत्ता

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर  १० ,ताप्लेजुङ । धान काट्न गएकी एक वृद्धा तमोर नदीले बगाएर बेपत्ता भएकी छन् । सोमबार तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी पाथीभरा याङवरक गाउँपालिका-१ की ६० वर्षीया संगिता सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनुवार नदीमा गई पानी भर्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ । नदीले बगाएर बेपत्ता भएकी सुनुवारको प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस