प्रदेश ३ को नाम र राजधानी केही दिनमै टुंगो लगाउन प्रचण्डको आग्रह

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १० ,हेटौंडा   । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ३ को नाम र स्थायी राजधानी केही दिनमा नै टुंगो लगाउन आग्रह गरेका छन् ।

आज हेटौंडामा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू र नेकपाका नेताहरूसँग कुरा गदै अध्यक्ष दाहाल अब प्रदेशको नाम र स्थायी राजधानीबारे अन्यौल राख्न नहुने बताएका हुन ।

उनले भने, राजधानी तोक्ने, नामकरण गर्ने यो प्रदेशको पनि बाँकी छ । अझै के होला कसो होला भन्ने स्थितिमा राख्न हुँदैन । केही दिनभित्रै यो कुरा टुंगिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस