भीरबाट लडेर एक जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर १०, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौंरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, मकवानपुरबाट माछा बोकेर काठमाडौं जान लागेका  ३२ वर्षीय सुरेश थापा शौचका लागि भीरमा जादा लडेर मृत्यु भएको हो ।

मृतक थापाको शव पोस्टमार्टमका लागि हेटौंडा ल्याउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस