अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, कञ्चनपुर । भिमदत्त नगरपालिका- ७ हल्दुखालबाट १ ग्राम १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका-१८ कटान बस्ने २८ वर्षीय प्रकाश नाथलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस