राजेन्द्र लिङ्देनद्वारा राप्रपा अध्यक्षमा उमेदवारी घोषणा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं । राप्रपा सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । उनले महामन्त्री धवलशमशेर जबरासहितको प्यानल रहने घोषणा गर्दै अहिलेको नेतृत्वबाट पार्टी नचल्ने पनि बताए ।

उनले भने, ‘अध्यक्षत्रयबाट पार्टी चल्दैन, तपाईंहरु नभए पनि यो पार्टी चलाउने मान्छे छौँ है भनेर हामीले कार्यक्रम गरेका हौँ । धवल शमशेर राणाले मलाई अध्यक्ष प्रस्ताव गर्नुभएको छ, त्यो म स्वीकार गर्छु र अधिवेशनबाट अध्यक्ष लड्ने घोषणा गर्दछु,’ ‘म नेतृत्वलाई गाली गर्दिन, समयले परिवर्तन खोज्यो । त्यसैले अध्यक्षमा उमेदवारी घोषणा गरेको हो ।’

प्रतिक्रिया दिनुहोस