जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, चितवन । चितवनको राप्ती नगरपालिका–२, श्रीदेवीचोकमा बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–६ का ४५ वर्षीय रघुनाथ श्रेष्ठको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो ।

चितवनको भन्डाराबाट लोथरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ च १२७५ नम्बरको बोलेरो गाडीले हिजो बेलुका करिब सवा ७ बजे उनलाई ठक्कर दिएको थियो । जिप चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस