बाल विवाहको आरोपमा दुई जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, दैलेख । बालविवाहको आरोपमा प्रहरीले दैलेखको डुंगेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गाँउपालिका –५ बस्ने बिक्रम नेपालीले स्थानीय वालिकालाई प्रलोभनमा पारी बाल विवाह गरेको सूचनाका आधारमा दुबै जनालाई नियन्त्रणमा लिइएको हो ।

डुङ्गेश्वर प्रहरी चौकीको टोलीले मंगलबार पक्राउ गरेका उनीहरूलाई बुधबार जिल्ला अदालत दैलेखले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस