स्पिनर सन्दिप अस्ट्रेलिया प्रस्थान

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं। बिग ब्यास लिग खेल्न नेपाली लेग स्पिनर सन्दिप लामिछाने बुधबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । लगातार चौंथो सिजन लिग खेल्न लागेका सन्दीप अस्ट्रेलिया पुगेर १ दिन क्वारेन्टाइन बसेपछि टिमसँग अभ्यासमा जोडिनेछन्।

बिग ब्यास लिगको एघारौं सिजन आगामी डिसेम्बर ५ तारिखदेखि सुरू हुँदैछ। यसपटक सन्दिपले होबार्ट हरिकेन्सको प्रतिनिधित्व गर्दैछन् । गत वर्ष बिग ब्यास लिग खेलेपछि सन्दिपले कुनै पनि विदेशी लिग खेलेका छैनन् ।

भिसा समस्याका कारण इंग्ल्यान्डको दुई वटा टि-ट्वान्टी लिग ‘द हन्ड्रेड’ र ‘टि-ट्वान्टी ब्लास्ट’ गुमाएका उनले त्यसपछि नेपालको विश्वकप लिग-२ अन्तर्गत ओमान भ्रमणका कारण क्यारेबियन प्रिमियर लिग पनि गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस