मन्दिरको धर्मशालामा एक युवक मृत फेला

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर ९, महोत्तरी।  महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका-१४ श्री कामेश्वरनाथ मन्दिरको धर्मशालामा एक युवक मृत फेला परेका छन् ।

सोमबार बिहान नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय मधेशी मूलको जस्तो देखिने युवक सो मन्दिरको धर्मशालामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताएका छन ।

राति सो मन्दिरमा भजन, कीर्तन भइरहेको बेला धर्मशालामा बास बस्न गएका युवक बिहान बान्ता गरी मृत अवस्थामा फेला परेको हो ।

मृतक युवकको शवको प्रकृति हेर्दा उनी नशालु पदार्थ सेवन गरी मरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर उनको मृत्यु के कति कारणले भएको हो भन्ने स्पष्ट हुनका लागि उनको शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस