बालविवाह मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९ ,वीरगन्ज ।  बालविवाह मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ परेका छन् ।

बाराको प्रसौनी गाउँपालिका–१ घर भइ हाल पर्साको वीरगन्ज बस्दै आएका ३४ वर्षीय उमेश राउत बालविवाह गरेको अभियोगमा दोषी ठहर भएको ३ वर्षपछि पक्राउ परेका हुन् ।

जिल्ला अदालत पर्साको ३१ जेठ २०७३ को फैसलामा राउतविरुद्ध ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो । अदालतले कैद तथा जरिवानाको सजाय तोकेपनि फरार रहेका राउतलाई पर्सा प्रहरीले वीरगन्जस्थित उनकै डेराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका राउतलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाउन लागिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस