ग्राण्डीको निर्देशकमा डा बिजुक्छे

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर ८ , काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल निर्देशकमा डा विनोद बिजुक्छे नियुक्त हुनुभएको छ । ग्राण्डीको आज बसेको सञ्चालक समितिको बैठकले डा बिजुक्छेलाई चार वर्षका लागि मेडिकल निर्देशकको जिम्मेवारी प्रदान गरेको हो ।

ग्राण्डीका मेडिकल निर्देशक डा चक्रराज पाण्डे सो पदबाट हटेसँगै उपनिर्देशकसमेत रहनुभएका डा बिजुक्छेलाई मेडिकल निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो । ग्राण्डीको स्थापनाकालदेखि नै कार्यरत डा बिजुक्छे वरिष्ठ स्पाइनल सर्जन हुनुहुन्छ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा नेपालमा नै प्रदान गर्ने उद्देश्यले विसं २०६९ मा स्थापना भएको ग्राण्डीले हाल २०० शय्यामार्फत बिरामीको उपचार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस