ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ रम्भापुरमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भुस बोकेको प्रदेश २-०३००१ ख ४५२४ नम्बरको ट्रकले गएराति ठक्कर दिंदा स्थानीय दुई जना पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रम्भापुर गैंडाखाल बस्ने २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कँवर रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस