सरकारी छाप किर्ते मुद्दाका कसुरदार पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं । सरकारी छाप किर्ते मुद्दाका कसुरदार काठमाडौं माछापोखरी बस्ने चितवन कल्याणपुर घर भएका २६ वर्षीय छविलाल तामाङलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सरकारी छाप किर्ते मुद्दामा १ वर्ष कैद फैसला भएका फरार कसुरदार तामाङलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं रातोपुलबाट पक्राउ गरेको हो । तामाङ लगायतको संलग्नतामा यातायात व्यवस्था कार्यालय वीरगंजको छाप र शाखा अधिकृतको दस्तखत किर्ते गरी मोटरसाईकल नम्बर र ब्लुबुक समेत नक्कली बनाएको मुद्दामा उनलाई उक्त कैद फैसला भएको थियो । तामाङलाई जिल्ला अदालत काठमाडौं मार्फत कारागार कार्यालय सुन्धारा पठाइएको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस