खिमराज गिरीको कबिता ”हाम्रो राष्ट्र र हामी सिपाही”

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • खिमराज गिरी

हिमाल, तराई, पहाड राम्रो प्रकृतिका धनी हामी
विश्वमा छौं गौरवशाली, हुन्छौं स्वाभिमानी,
राष्ट्रियताको भावना यो संधै जस्तै अहिले पनि
राष्ट्र प्रति हामी सिपाही इमान्दार छौं जहिले पनि ।

डाँडा, काँडा द्यौरालीमा सरस मनले टेक्न पाउँदा
आफैलाई गौरव लाग्छ, राष्ट्रभक्तिको गीत गाउँदा,
राष्ट् सेवक पहरेदार हौं झुक्न जानेनौ कहिल्यै पनि
राष्ट्र प्रति हामी सिपाही इमान्दार छौं जहिले पनि ।

संधैभरी यो हृदयमा तिर्सना छन् पवित्र
हाम्रो राष्ट्र अमर रहोस यहि प्रण छ हामी भित्र,
लोभ लालच छ्रैन हामीमा कायर बन्न जानेनौनी
राष्ट्रप्रति हामी सिपाही इमान्दार छौं जहिले पनि ।

यै माटो भन्दा प्यारो बस्तु अरु के नै हुन्छ अहिले
उस्तै छ हाम्रो राष्ट्र भक्ति, थियो सदा पहिले,
पराई देशको गुलाम बन्न मन हाम्रो मान्दैननी
राष्ट्रप्रति हामी सिपाही इमान्दार छौं जहिले पनि ।

जाँगर रोपी यै धरतीमा हिरा मोती उमार्दछौ
कर्मठ सिपाही बनि यहाँ यो राष्ट्लाई सिंगार्दछौं,
राष्ट्र अमर रहनेछ मृत शरिर भएपनि
राष्ट्रप्रति हामी सिपाही इमान्दार छौं जहिले पनि ।

कालापानी, लिपुलेक, सुस्ता सवै हाम्रै जमिन
स्वतन्त्र राष्ट्रका सिपाही हामी हेप्ने सँधै किन,
भारतको यो हेपाहा प्रवृत्ति मान्दैनौ हामीले कहिल्यै पनि,
राष्ट्रप्रति हामी सिपाही इमान्दार छौं जहिले पनि ।

९८५११९२०८८
लमजुङ्ग, हाल काठमाण्डौ

प्रतिक्रिया दिनुहोस