तारकेश्वरमा लैगिङ्क हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको भोली शुभारम्भ हुदैं

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं । तारकेश्वर नगरपालिका र लैगिङ्क हिंसा नियन्त्रण समन्यय सञ्जाल तारकेश्वरको सम्युक्त आयोजनामाले भोली लैगिङ्क हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत पहिलो दिन अन्र्तक्रिया तथा हस्ताक्षर संकलन कार्यक्रम हुने भएको छ ।

तारकेश्वर नगरपालिकाको उपमेयर भवानी डोटेल भानुको प्रमुख आतिध्यतामा हुनलागेको कार्यक्रम मंसिर ९ गते बिहान ११ बजे तारकेश्वर नगरपालिकामा वडा नं. ६ स्थित रिर्भर साइड रिसोर्टमा हुने छ । कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रतिनिधीहरु, महानगरीय प्रहरी वृत बालाजुका प्रमुख, लैगिङ्क हिंसा नियन्त्रण समन्यय सञ्जालका सदस्यहरु लगायत उपस्तिथी रहने सञ्जालको संयोजक देविना कार्की (बिना)ले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस