बस दुर्घटनामा मृत्यु भएका परिवारलाई नगद रकम

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ७, मुगु । छायानाथ रारा नगरपालिका वडा नं ७ पिना गाउको तपने खोलामा बस दुर्घटनामा परि मृत्यु भएका परिवार लाई नगद राहत प्रदान गरिएको छ । गएको असोज २६ गते नेपालगञ्जबाट मुगु आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु भएका ३३ जना र घाइते भएका १२ जनाको परिवारलाई चिराए अस्पताल काठमाण्डौका पुर्व अध्यक्ष साङगे गुरुङ र भारतका धर्मगुरु मुरारी बायुले नगद राहत प्रदान गरेका हुन ।

मंगलवार एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत र रेडक्रस मुगुका मन्त्री रत्नसिंह मल्ल र नेपाली कांग्रेसका सभापति ऐन बहादुर शाहीको सहजिकरणमा मृतक परिवार लाई राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाईटि मुगुका मन्त्री रत्न सिंह मल्लले बताउनु भयो । उहाका अनुसार उक्त घाईते र मृतक परिवारका ४५ जना लाई प्रति ब्यक्ति ७ हजारका दरले राहत वितरण गरेका हुन ।

दुर्घटनामा परी ज्यान गुमाएका र घाइते परिवारलाई प्रतिव्यक्ति ७ हजारका दरले जम्मा ३ लाख ४३ हजार नगद रकमको राहत उपलब्ध गराएका हुन् । यो रकम सानो भए पनि मृतक तथा घाइते परिवारलाई केही घाउमा मलम लगाउने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतको भनाई छ । साथै मृतक परिवार लाई कर्णाली प्रदेश सरकारले प्रति ब्यक्ति एक लाख रकम प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस