रोङमा १ सय २९ महिलालाइ व्यवसायिक सिप

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

गोबिन्द पौडेल, इलाम

मंसिर ७, इलाम । इलामको रोङ गाउपालिकाले गत आर्थिक बर्षमा स्वरोजगार बनाउन १ सय २९ जना महिलाहरुलाइ बिभिन्न प्रकारको तालिम प्रदान गरेको छ । समाजमा रोजगारीको लागि बिदेशमात्रै गन्तब्य हो भन्ने भावना परिवर्तन गरि स्थानिय रुपमा पनि केही काम गरेर स्वरोजगार बन्न सकिन्छ भन्ने देखाउदै आर्थिक समृद्धिको लागि ब्यवसायिक तालिमको ब्यवस्था गरिएको हो ।

जहा जे संभावना छ त्यसैबाट महिलाहरुलाइ ब्यवसायिक बनाउन गाउपालिका र वडाहरुको समेत गरि कुल ९ लाख बजेट रहेकोमा वडाकै छनौट मागअनुसार वडा नं १ मा १ लाखको लागतमा कफी खेतीको उत्पादन र प्रसोधन तालिम गरिएकोमा वडाका ४५ महिला सहभागि भएका थिए । यसं गरि वडा नं २ मा गाउपालिका र धरेलु तथा साना उद्योग कार्यलय इलामको साझेदारीमा १ लाख २० हजारको लागतमा केराको परिकार वनाउने तालिम गरिएकोमा ९ जना महिलाहरु सहभागि भएका थिए । यसै गरि वडा नं ३ मा गाउपालिका र गोपालगौरी दिगो बिकास प्रतिष्ठानको साझेदारीमा १ लाखको लागतमा मोतिमाला निमार्ण गर्ने तालिम संचालन गरिएकोमा २० जनाको सहभागिता रहेको थियो । वडा नं ४ मा गाउपालिका र गोपालगौरी दिगो बिकास प्रतिष्ठानको साझेदारीमा १ लाख ९८ हजारको लागतमा ३ महिने ढाका बुनाइ तालिम संचालन भइ रहेकोमा ९ जना महिलाहरुको सहभागिता रहेको छ । वडा नं ५ मा १ लाखको लागतमा खेलौना बनाउने तालिम संचालन भएकोमा २२ जनाको सहभागिता रहेको र वडा नं ६ मा भने १ लाख ४० हजारको लागतमा अलैचीको सरावाट बिभिन्न प्रकारको सामाग्री निमार्ण संबन्धि तालिम संचालन गरेकोमा वडाको २३ जना महिलाहरुको सहभागिता रहेको थियो ।

तालिमले बनायो स्वरोजगार

रोङ गाउपालिकाले मोतिमाला निमार्णको लागि तालिम दिएपछि तालिममा सहभागी भएका रोङ ३ का सुजाता लाम्गादे अहिले स्वरोजगार भएकी छिन् । रोङ गाउपालिकामा गोपाल गोरी बिकास संस्थाको सहयोगमा १० दिने तालिम लिएकी सुजाता अहिले मोतिमाला र यसमा सेट मिलाएर लगाइने रानीहार चुरा पोते,औठी लगायतको सामाग्रीहरु बनाएर बेच्ने गरेकी छिन । उनले बनाएको सामाग्री हर्कटे , फिक्ककल र कुटीडाडा लगायत गाउ गाउसम्म लगेर बेच्ने गरे्की हुन् । अहिले कक्षा १२ उनि पढाइ सगसगै सिपलाइ ब्यवसायिब बनाउने बताउछिन । उनी माला बनाउने मात्र है आफसग सिक्न आउनेलाइ सिबाउने पनि गरेकी छिन् ।एउटा माला बनाउन २ घण्टा लाग्ने गरेको र मोतिमाला ३ सय र कृष्टल ३ सय ५० मा बेच्ने गरेको र पुरै सेट १५ सय सम्ममा बेच्ने गरेकी उनको भनाइ रहेको छ । अहिलेलाइ पाट टाइम मात्र गर्ने गरेको बजारको समस्या रहेको नरहेको र दिनहु माग बढीरहेको बताउने सुजाताले एडभान्स तालिमको अपेक्षा गरेकी छिन् । रोङ गाउपालिका वडा नं ३ मा पर्ने पाथीभरान र हाँसपोखरीमा आउने पर्यटकहरुलाइ मात्रै पनि रोङको चिनो सुजाताले बनाएको माला बेच्न सक्ने हो भने सुजाता लगायत तालिम लिएका सबै स्वरोजगार बन्न सक्ने संभावना रहेको छ । तालिम लिएपछि अपहलेसम्म गाउपालिकामा समस्या राख्न र सिपको बारेमा कुरा गर्न नपुगेकी बताउने सुजाता ले गाउपालिका र सम्बध निकायबाट सहयोगको अपेक्षा भने राखेकी छन् ।

प्रतिक्रिया दिनुहोस