ड्रग्स केसमा कलाकार भारती पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ०७, काठमाडौं । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले भारतिय चर्चित कलाकार भारतीय सिंहलाई पक्राउ गरेको छ । विभागका अधिकारीका अनुसार शनिबार भारती सिंह र उनका श्रीमानको निर्माण कम्पनी र उनको घरमा छापामारी मार्दा दुबै स्थानमा नशालु सामग्री गाँजा प्राप्त गरेकाले पक्राउ गरिएको हो ।

एनसीबीका अनुसार दुबै स्थानमा ८६.५ ग्राम गाँजा भेटेको छ । दुबै श्रीमान् श्रीमतीले आफूहरुले नशालु पदार्थको सेवन गर्ने स्विकारेका छन् । एनसीबीको क्षेत्रीय निर्देशक समिर वानखेडेले शनिबार दिउँसो पत्रकार सम्मलेनमा भारती र उनका श्रीमानलाई एनसीबीले सोधपुछका लागि बोलाएको जानकारी दिएको छ । आफूहरुले उनीहरुको स्थानबाट केही नारकोटिक्स सामग्री भेटिएकोले उनीहरुसँग सोधपुछ गरिने जानकारी दिएका थिए ।

मुम्बईमा ड्रग्स मामिलामा एनसीबी निकै कडा देखिएको छ । केही दिन अघि एनसीबीले अर्जुन रामपालको घरमा छापामारी गरेर उनीसँग सोधपुछ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस