प्रधानसेनापतिद्वारा ढकाल र खड्कालाई दर्ज्यानी चिह्‍न प्रदान

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौँ। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका सहायक रथीद्वय सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई आज उपरथीको दर्ज्यानी चिह्‍न प्रदान गरेका छन् ।

मंसिर ३ गते बसेको मन्‍त्रिपरिषद्‌ बैठकले सहायक रथीद्वय ढकाल र खड्कालाई उपरथीमा पदोन्‍नति गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आज प्रधानसेनापति थापाले दर्ज्यानी चिह्‍न प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै जनाएको छ ।

दर्ज्यानी चिह्‍न प्रदानसँगै उपरथी ढकाललाई पूर्वी पृतना हेडक्‍वाटरको पृतनापति तथा अर्का उपरथी खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस