पाँच वर्षलाई ओली प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास वालुवाटारमा आज वसेको सचिवालयको बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।

त्यस्तै बैठकले सरकारलाई प्रभावकारी बनाउन मन्त्रीमण्डल हेरफेर गर्ने सम्पूर्ण अधिकार प्रधानमन्त्री ओलीलाई नै जिम्मा दिएको छ ।प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनुभयो ।उहाका अनुसार अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने, अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनुहुनेछ । बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुनेछ ।

प्रतिक्रिया दिनुहोस