वडा अध्यक्ष घुस रकम सहित पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, मोरङ । मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष उमेशकुमार साह घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।

वडाअध्यक्ष उमेशकुमार साहले वडा नं. १ स्थित, हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण योजनाको सम्झौता गरी कार्यान्वयन लगायतका कार्यमा सहजिकरण गरी दिने प्रयोजनका लागि घुस रकम माग गरिरहेका थिए । घुस माग गरिरहेको सुचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग रु.२१,०००।– घुस वापतको रकम बुझि लिई सकेको अवस्थामा वडा नं. १ बुधनगरको वडा कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस